मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इन्टर मियामीले जित्यो पहिलो पटक एमएलएस कप, मेस्सीका दुई असिस्ट निर्णायक

4.8K
SHARES
इन्टर मियामीले जित्यो पहिलो पटक एमएलएस कप, मेस्सीका दुई असिस्ट निर्णायक

काठमान्डु । लियोनेल मेस्सीका दुई महत्वपूर्ण असिस्टको मद्दतमा इन्टर मियामीले भ्यानकुभर ह्वाइटक्याप्सलाई पराजित गर्दै इतिहासमै पहिलो पटक एमएलएस कप जितेको छ ।

मियामीले खेलको आठौँ मिनेटमै आत्मघाती गोलको मद्दतले अग्रता लियो । पहिलो हाफको अन्त्यतिर भ्यानकुभर खेलमा फर्किन खोज्दै दुई ठूला अवसर सिर्जना गर्यो । ३८औं मिनेटमा गोलकिपर रोको रियोसले इम्यानुएल साब्बीको शट बचाए, अनि थोमस म्युलरको हेडर बारमाथि बाहिरियो ।

६०औँ मिनेटमा अली अहमदको हल्का प्रहार रियोसको हातबाट चिप्लिएर गोलमा परिणतसँग खेल ११ को स्थितिमा पुग्यो । केही क्षणपछि नै साब्बीले प्रहार गरेका सट पोस्टमा लागेर फर्कियो ।

तर भ्यानकुभरको खुसी धेरैबेर टिकेन । ७१औँ मिनेटमा मेस्सीको सटिक पासको सदुपयोग गर्दै रोड्रिगो दे पाउलले उत्कृष्ट फिनिश गरे । अन्त्यतिर गोलको खोजीमा भ्यानकुभर अगाडि बढिरहँदा मियामीले काउण्टर–अट्याकमार्फत तेस्रो गोल गर्‍यो, जसमा मेस्सीले छातीमा बल नियन्त्रण गरी एक टचमा आलेन्डेका लागि असिस्ट गरे । आलेन्डेले गोलकिपर ताकाओकाको खुट्टामुनि बल छिराउँदै गोल गरे ।

एमएलएस कप अमेरिकाको शीर्ष फुटबल लिग मेजर लिग सकर (MLS) को च्याम्पियनसिप खेल हो । नियमित सिजनपछि प्ले-अफ नाक–आउट टुर्नामेन्ट मार्फत अन्तिम विजेता घोषणा गरिन्छ ।

क्लबका सह–मालिक डेभिड बेकह्यामले २००७ मा एलए ग्यालेक्सीलाई जाँदा पाएको विशेष सम्झौताअन्तर्गत युरो १५.६ मिलियनमा यो फ्र्यान्चाइजी खरिद गरेका थिए । २०१८ मा आधिकारिक रूपमा स्थापना र २०२० मा एमएलएस डेब्यूसँगै सुरु भएको क्लबले आज इतिहास रच्यो ।

बेकह्यामले भने, “हामीले जर्सीमा लेखेका शब्दहरू (freedom to dream) आज पूरा भए । प्रशंसकलाई दिएको वाचा पुरा भयो ।”

८ पटकका बालोन ड’ओर विजेता मेस्सीको २०२३ को आगमन क्लबका लागि मैलापत्थर सावित भयो । उनलाई सहयोग गर्न मियामीले बार्सिलोना साथीहरू(सर्जियो बुस्केट्स, जोर्डी अल्बा, र २०२४ मा लुइस सुारेज) समेत भित्र्यायो ।

मेस्सीले आएको सात खेलमै क्लबलाई पहिलो उपाधि (लिग्स कप २०२३) दिलाए । २०२४ मा सपोर्टर्स’ सिल्ड र ईस्टर्न कन्फरेन्स जिते पनि प्ले-अफमा पराजय भोगे । यस सिजन भने तेस्रो स्थानबाट प्ले–अफमा प्रवेश गर्दै सबै तीन राउन्ड कम्तीमा चार गोलको एग्रिगेटमा जित्दै फाइनलसम्म पुगे ।

बुस्केट्स र अल्बालाई बिदाइ
यो खेल बुस्केट्स र अल्बाको अन्तिम उपस्थिति थियो । मुख्य प्रशिक्षक तथा पूर्व अर्जेन्टिनी स्टार जाभियर माश्चरानोलाई आफ्नो पहिलो ट्रफी सम्हाल्ने अवसर मिल्यो ।

उनले भने, “उनीहरूले यहाँ आएर क्लबको मानसिकता नै परिवर्तन गरे । यसरी करियर समाप्त गर्नु उनीहरूको योग्य सम्मान हो ।”



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २१, आईतवार ०१:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP