मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपा र विवेकशील साझाबीच आज औपचारिक एकता घोषणा

3K
SHARES
रास्वपा र विवेकशील साझाबीच आज औपचारिक एकता घोषणा

काठमान्डु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाबीच लामो समयदेखि चलिरहेको एकता प्रक्रिया आज औपचारिक रूपमा अन्तिम चरणमा पुग्दैछ । आज (आइतबार) दिउँसो काठमान्डुस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहमार्फत दुवै दलले एकता घोषणा गर्ने तयारी गरेको रास्वपा प्रवक्ता मनिष झाले बताएका छन् ।

यस एकतालाई दुवै दलले सुशासन, पारदर्शिता र जिम्मेवार राजनीतिक संस्कृतितर्फको साझा प्रतिबद्धताको परिणामका रूपमा व्याख्या गरेका छन् । विवेकशील साझाले रास्वपाको नाम, नेतृत्व संरचना र चुनाव चिह्नलाई स्वीकार गर्दै बिना कुनै शर्त एकता गर्ने निर्णय पहिले नै गरिसकेको थियो ।

विवेकशील आन्दोलन विसं २०६९ मा उज्ज्वल थापाको पहलमा अभियानका रूपमा सुरु भएको थियो । पछि २०७० मा पार्टीका रूपमा रूपान्तरण भई विभिन्न चुनावी गतिविधिमा सहभागी हुँदै आएको थियो । यस्तै, रास्वपा २०७९ असार ७ गते स्थापना भएपछि अल्प अवधिमै राष्ट्रिय राजनीतिक शक्ति बनेर उदाएको छ ।

दुवै दलबीचको एकतालाई नयाँ पुस्ताको राजनीतिक विकल्प बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, यो एकता संस्थागत सुधार, सुशासन र जिम्मेवार राजनीतिक नेतृत्वतर्फ नागरिकको बढ्दो अपेक्षालाई सम्बोधन गर्ने महत्वपूर्ण कदम हुन सक्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १४, आईतवार ००:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP