मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएलमा अवैध सट्टेबाजी: आठ भारतीय नागरिक पक्राउ

2.9K
SHARES
एनपीएलमा अवैध सट्टेबाजी: आठ भारतीय नागरिक पक्राउ

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन चलिरहेका बेला अवैध सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले आठ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमान्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विशेष निगरानीका आधारमा नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा भारतको आन्ध्रप्रदेशका राजा यदुला (३१), महेश बाबु (३५), पण्डित श्रीनिवासुलु (३०), सेख सोयब (२०), नभिन मड्डेला (३०), महमद रफी सेख (३२), साई कुमार तम्मिसेट्टी (१९) र सेख चन्द बसल (२८) रहेका छन् । उनीहरू काठमान्डुको सामाखुसी क्षेत्रमा बसोबास गर्दै आएको पत्ता लागेको छ ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न अनलाइन बेटिङ साइटमार्फत एनपीएल खेलमा सट्टाबाजी सञ्चालन गरिरहेका थिए । गोप्य सूचनाका आधारमा गरिएको खोजीपछि उनीहरूलाई बल्खु क्षेत्रबाट पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट १५ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेकालाई थप कारबाहीका लागि काठमाडौँ प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।

प्रहरीका अनुसार खेलकुद प्रतियोगितामा अवैध सट्टेबाजी रोक्न विशेष अभियान सञ्चालन भइरहेको छ र यस प्रकारका गतिविधिमा संलग्न जो कोहीमाथि कानूनी प्रक्रिया अघि बढाइने छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ७, आईतवार १२:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP