मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘कुहिएका नेताहरू हटाए मात्र ठूला परिवर्तन सम्भव’ : मन्त्री पुन

2.5K
SHARES
‘कुहिएका नेताहरू हटाए मात्र ठूला परिवर्तन सम्भव’ : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना र असफल नेताहरूलाई हटाए मात्र देशमा ठूला परिवर्तन सम्भव हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आगामी निर्वाचनमा स्वच्छ र सक्षम युवा नेताहरूलाई छान्न नागरिकलाई आग्रह गरेका छन् ।

‘कुहिएका नेताहरू हटाएर योग्य र दृढ सङ्कल्प भएका युवा नेताहरूको अत्यधिक बहुमतको सरकार गठन नगरी ठूला परिवर्तन सम्भव छैन,’ मन्त्री पुनले लेखेका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सक्ने, नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाउन सक्षम र विदेशी हस्तक्षेपलाई निषेध गर्ने युवा जनप्रतिनिधि रोज्न पनि आह्वान गरेका छन् ।

प्रष्ट आह्वान भन्दै उनले भनेका छन्, “भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस भन्ने सपना देख्नु भएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नु होस् भन्ने आह्वान गर्दछु ।”



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १०, शुक्रबार ०६:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP