मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओलीको घोषणा ‘मिसन ०८४’: एमालेले एकल बहुमत ल्याउनुपर्छ

2.1K
SHARES
ओलीको घोषणा ‘मिसन ०८४’: एमालेले एकल बहुमत ल्याउनुपर्छ

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अहिले ‘मिसन ०८४’मा रहेको बताएका छन् । उनले आगामी निर्वाचनमा एमालेले कम्तीमा एकल बहुमत ल्याउनैपर्ने आवश्यकता औंल्याए ।

पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले पार्टीका सबै कमिटीलाई सक्रिय परिचालन गरेर बहुमत ल्याउन सकिने दाबी गरे । उनले भने, “यदि हामी जनताका बीचमा सक्रियतापूर्वक गयौँ भने, हाम्रा सबै कमिटी र कार्यकर्ता परिचालन गरेर गयौँ भने बहुमत ल्याउन कसैले रोक्न सक्दैन ।”

ओलीले निष्पक्ष र स्वतन्त्र निर्वाचन सुनिश्चित गर्न एमाले सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

विपक्षीहरूले फैलाएको हल्ला सत्यतथ्य पत्ता लगाउन आफूले मध्यपहाडी लोकमार्ग यात्रा गरेको ओलीले बताए । “हामी जनताका बीचमा आशाका केन्द्र हौँ । राष्ट्रियता, सुशासन, विकास, समानता र न्यायका लागि हामी अग्रगामी हौँ,” उनले भने ।

देशको अर्थतन्त्रबारे कुरा गर्दै ओलीले नेपाल अझै समाजवादमा प्रवेश नगरेको, तर त्यसतर्फ उन्मुख रहेको बताए । “हाम्रो अर्थतन्त्र समाजवाद उन्मुख छ । समाजवादमा पुगेका छैनौँ, हामी अझै विकासशील भएका छैनौँ । ०८३ मंसिरमा मात्र हामी विकासशीलमा पुग्छौँ,” ओलीले भने ।

ओलीले ०८४ सालको निर्वाचनपछि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा उभ्याउने लक्ष्य रहेको बताए । “मिसन ०८४ लाई हामीले निर्णायक राष्ट्रिय शक्तिमा उभ्याउनेछौँ । हाम्रा नीति नै राष्ट्रिय नीति हो,” उनले जोड दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २०, शुक्रबार ०७:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP