मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमतीमा नयाँ मन्त्री नियुक्त, श्रेष्ठ, गुरुङ र लम्साल मन्त्रिपरिषदमा समावेश

4.2K
SHARES
बागमतीमा नयाँ मन्त्री नियुक्त, श्रेष्ठ, गुरुङ र लम्साल मन्त्रिपरिषदमा समावेश

काठमाडौं । बागमती प्रदेश सरकारमा तीन नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेस कोटाबाट माया श्रेष्ठ, गीता गुरुङ र गोविन्द लम्साललाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन् ।

नवनियुक्त मन्त्री माया श्रेष्ठ र गीता गरुङको मन्त्रालय तोक्न बाँकी रहेको छ भने गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेश सरकारमा नेपाली कांग्रेसको जिम्मामा रहेका पाँच मन्त्रालय केही समयदेखि रिक्त थिए । लम्सालको नियुक्तिसँगै एक मन्त्रालयमा नेतृत्व पुगेको छ भने बाँकी युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा अझै मन्त्री तोकिएको छैन ।

यसअघि ९ साउनमा चारजना र १३ साउनमा एकजना मन्त्रीले पदबाट राजीनामा दिएका थिए । ती सबैले मुख्यमन्त्री लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १४, बुधबार ०४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP