मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मधेश प्रदेशका सम्पूर्ण जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा

2.8K
SHARES
मधेश प्रदेशका सम्पूर्ण जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । देशको दक्षिणी भूभागमा पर्ने मधेश प्रदेशलाई सरकारले औपचारिक रूपमा ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले खडेरीको गम्भीर असर झेलिरहेको मधेश प्रदेशका सम्पूर्ण जिल्लालाई संकटग्रस्त क्षेत्रको रूपमा वर्गीकरण गर्ने निर्णय गरेको हो ।

यसअघि मधेश प्रदेश सरकार आफैंले प्रदेशलाई ‘सुक्खाग्रस्त क्षेत्र’ घोषणा गरिसकेको थियो । तर, संघीय सरकारले विपद् व्यवस्थापन तथा राहत वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

खडेरीको चपेटामा मधेश
गत केही महिनायता वर्षा अभावका कारण मधेशमा गम्भीर खडेरी उत्पन्न भएको छ । लगातारको सुक्खाका कारण खेतबारी सुक्दै गएका छन्, पानीका स्रोतहरू सुकेका छन् र जनजीवन प्रभावित भएको छ । इनार, नलकूप (ट्युबवेल) लगायतका भौगर्भिक स्रोतहरूमा समेत पानी नआएपछि ग्रामीण बस्तीहरूमा खानेपानीको अभाव चर्किंदै गएको छ ।

किसानहरूले रोपाइँ स्थगित गर्नुपरेको छ भने उब्जनी घट्ने चिन्ताले कृषि बजारमा समेत असर देखिन थालेको छ । खेतमा सिँचाइ गर्न नसकेपछि धानको उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिएको छ, जसले खाद्य सुरक्षामा चुनौती थप्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ७, बुधबार ०७:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP