मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पासाङ ल्हामु राजमार्गमा चार स्थानमा पहिरो, आवागमन पूर्णरूपमा ठप्प

3.1K
SHARES
पासाङ ल्हामु राजमार्गमा चार स्थानमा पहिरो, आवागमन पूर्णरूपमा ठप्प

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न भागमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गको आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।

गाउँपालिका–२ अन्तर्गत तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङ क्षेत्रमा खसेको पहिरोका कारण राजमार्गको दुवै दिशाबाट सवारी चल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तातोपानी डाँडा र बालुवाखानी क्षेत्रमा खसेको पहिरो पन्छाउने प्रयासका लागि इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी नायब निरीक्षक धनबहादुर तामाङको नेतृत्वमा टोली खटिएको छ । पहिरो खसेको स्थान टिमुरे प्रहरी कार्यालयदेखि करिब ३ किलोमिटर दक्षिणमा पर्दछ ।

यस्तै, फ्याङलुङ र लिङलिङमा खसेको पहिरो हटाउने कामका लागि प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर थापाको नेतृत्वमा स्याफ्रुबेंशीबाट अर्को प्रहरी टोली परिचालन गरिएको छ ।

दुवै स्थानमा बाटो खुलाउन सुरक्षा निकाय र रसुवागढी हाइड्रोपावरबीच समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १८, बुधबार ०४:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP