मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अस्करका लागि नेपालको प्रतिनिधित्व गर्दै ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’

234
SHARES
अस्करका लागि नेपालको प्रतिनिधित्व गर्दै ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’

काठमाडौं । नेपाली चलचित्र ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ आगामी ९९औँ एकेडेमी अवार्ड (अस्कर)का लागि नेपालको प्रतिनिधि फिल्मका रूपमा छनोट भएको छ ।

सन् २०२७ मा आयोजना हुने अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट दुई फिल्मले आवेदन दिएका थिए । छनोट समितिले ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ र ‘गौंथली’मध्ये अविनाश विक्रम शाह निर्देशित फिल्मलाई नेपालको तर्फबाट प्रतिस्पर्धा गराउने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले प्राविधिक गुणस्तर, कथावस्तुको प्रस्तुति, पात्रहरूको भावनात्मक पक्ष तथा कलात्मक शिल्पलाई मूल्यांकनको मुख्य आधार बनाएको जनाएको छ ।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा छनोटसम्बन्धी जानकारी सार्वजनिक गरिएको हो ।

‘तिनीहरू – एलिफेन्ट्स इन द फग’मा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, आशान्त शर्मा, गौरी मल्ल र माओत्से गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा यसअघि नै चर्चा कमाइसकेको यो फिल्म कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको थियो । उक्त विधामा जुरी पुरस्कार जित्दै यो फिल्म कान्समा पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली चलचित्रसमेत बनेको थियो ।

कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरेपछि चलचित्र अहिले नेपालका विभिन्न हलमा प्रदर्शन भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २८, आईतवार ०५:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP