मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा आवागमन सुचारु

494
SHARES
नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा आवागमन सुचारु

काठमाडौं । रसुवाबाट पुनः बाढीपहिरो आएको सूचना प्राप्त भएपछि केही समयका लागि बन्द गरिएको नारायणघाट हुँदै पोखरा, मुग्लिन र काठमाडौं जाने–आउने सबै प्रकारका सवारीसाधनको आवागमन पुनः पूर्णरूपमा सुचारु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार सूचना जारी गर्दै बाढीपहिरोको जोखिमलाई मध्यनजर गरी यसअघि रोकिएको यातायात सञ्चालनमा आएको जनाएको हो ।

यसअघि कार्यालयले नदी तथा तटीय क्षेत्रमा बाढीपहिरोको जोखिम रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै नारायणघाटबाट पोखरा, मुग्लिन र काठमाडौं जाने तथा ती स्थानबाट नारायणघाटतर्फ आउने सबै सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्म पूर्णरूपमा बन्द गरेको थियो ।

जोखिमको अवस्थाबारे निरन्तर निगरानी भइरहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १४, आईतवार ००:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP