मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा बैठक: खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफल हुने

78
SHARES
प्रतिनिधिसभा बैठक: खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफल हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यसैबीच, आज दुई वटा संसदीय समितिका बैठक पनि बस्दैछन् । सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ ।

सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका घटनाका कारण जलेका स्रेस्तासम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल अर्थतन्त्रका विषयमा छलफल गरिने भएको छ । समितिले डिजिटल अर्थतन्त्रको वर्तमान अवस्था, सम्भावना तथा यससँग सम्बन्धित विषयमा छलफल गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २६, मंगलवार ००:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP