मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

1.2K
SHARES
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौं । राष्ट्रपति कार्यालयले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३ पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि प्रमाणीकरणका लागि पेश गरिएको संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता पठाएको तथा सोही विषयमा अध्यादेश जारी नगरिएको प्रसंग स्मरण गराउँदै पुनः विचार गर्न सरकारसमक्ष पठाएको हो ।

विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसबमोजिम पेश भएको उक्त अध्यादेशको विषयवस्तुमा पुनर्विचार गर्न आवश्यक देखिएकाले नेपाल सरकारलाई फिर्ता पठाइएको उल्लेख छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २०, आईतवार १२:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP