मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

श्रम संस्कृति पार्टीको चुनावी तयारी तिब्र, साम्पाङले धमाधम टिकट बाँडे

1.6K
SHARES
श्रम संस्कृति पार्टीको चुनावी तयारी तिब्र, साम्पाङले धमाधम टिकट बाँडे

धरान । श्रम संस्कृति पार्टीका संस्थापक तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर प्रत्यक्षतर्फका उम्मेदवार चयनलाई तीव्रता दिएका छन् । उनले उम्मेदवारहरूलाई धरानस्थित पार्टीको सम्पर्क सचिवालयमा बोलाएर टिकट वितरण गरिरहेका छन् ।

पार्टी महासचिव आरेन राईका अनुसार कोशी प्रदेश (प्रदेश नं. १) र बागमती प्रदेश (प्रदेश नं. ३) का अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लागिसकेका छन् । बाँकी प्रदेश तथा जिल्लामा पनि उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको उनले बताए । “देशभर प्रत्यक्षतर्फ उम्मेदवारी दिने हाम्रो तयारी छ,” राईले भने, “छोटो समयमै सबै क्षेत्रको टुंगो लगाइन्छ ।”

श्रम, उत्पादन र आत्मनिर्भरताको मुद्दालाई मुख्य एजेन्डा बनाउँदै आएको श्रम संस्कृति पार्टीले वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने दाबी गरेको छ । पार्टी नेतृत्वले परम्परागत राजनीतिक दलहरूबाट निराश भएका मतदातालाई आकर्षित गर्ने रणनीतिसहित स्थानीय स्तरमै सक्रिय व्यक्तिहरूलाई उम्मेदवार बनाइरहेको जनाएको छ ।

हालसम्म पार्टीले धनकुटाबाट सानबहादुर राई, काठमाडौं–१ बाट समीर तामाङ, काठमाडौं–७ बाट मणिराम प्रधान, झापा–१ बाट केबलराम राई, झापा–२ बाट केशब भण्डारी, झापा–३ बाट दीपक तिम्सिना र झापा–४ बाट अमृता राईलाई उम्मेदवार तोकेको छ ।

यसैगरी रामेछामबाट ढालबहादुर मगर, ताप्लेजुङबाट सन्तोष राई, पाँचथरबाट ब्रबिम शेर्मा, संखुवासभाबाट उमा राई, उदयपुर–२ बाट बलराज राई, भोजपुरबाट ध्रुब राई, मोरङ–१ बाट शान्ति पाख्रिन र सोलुखुम्बुबाट बियस राईलाई उम्मेदवार बनाइएको छ ।

पार्टीले आगामी दिनमा थप क्षेत्रका उम्मेदवार सार्वजनिक गर्दै चुनावी अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी गरेको जनाएको छ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ३०, बुधबार १०:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP