मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोरखाबाट काठमाडौंसम्म फूलपातीः परम्परा र श्रद्धाको प्रतीक समारोह सम्पन्न

2.5K
SHARES
गोरखाबाट काठमाडौंसम्म फूलपातीः परम्परा र श्रद्धाको प्रतीक समारोह सम्पन्न

काठमाडौं । बडादशैंको सातौँ दिनको अवसरमा गोरखा दरबारबाट हनुमानढोका दरबारस्थित दशैंघरमा फूलपाती भित्र्याउने परम्परा यस वर्ष पनि परम्परागत विधिअनुसार सम्पन्न भएको छ । वैदिक विधिबाट पूजा अर्चना गर्दै गोरखा दरबारबाट पठाइएको फूलपाती हर्षोल्लासका साथ काठमाडौंको हनुमानढोका दरबारमा भित्र्याइएको हो ।

धार्मिक विश्वासअनुसार, गोरखाको फूलपाती हनुमानढोका पुगेसँगै दशैंघरको पूजाआरम्भ हुने मानिन्छ । गोरखा दरबारको दशैंघरबाट फूलपातीसहितको डोली बिहान साढे सात बजे बाजागाजासहित निकाली सतिपीपलस्थित फूलपाती चौतारासम्म दरबारका सुसारेहरूले बोकेर ल्याइएको थियो । त्यसपछि डोली काठमाडौं ल्याइएको हो ।

यो परम्परा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट शासन सञ्चालन थालेपछि सुरु भएको मानिन्छ । त्यसबेलादेखि प्रत्येक वर्ष दशैंको सप्तमीमा गोरखाबाट फूलपाती ल्याउने प्रचलन कायम रहँदै आएको छ ।

एक समय गोरखाबाट धादिङको जिवनपुर, नुवाकोट हुँदै पैदलमार्ग प्रयोग गरी फूलपाती काठमाडौं ल्याइन्थ्यो । तर, २०६६ सालदेखि मोटरबाटो प्रयोग हुन थालेपछि यो यात्रा तुलनात्मक रूपमा सहज बनेको छ ।

धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यो परम्पराले नेपाली समाजमा राजकीय परम्पराको निरन्तरता र आस्थाको गहिराइ झल्काउँछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १३, सोमबार १३:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP