मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानसेनापतिसँग भेट गर्न काठमाडौं आइपुगे मेयर साम्पाङ, अन्तरिम सरकारबारे छलफल

2.1K
SHARES
प्रधानसेनापतिसँग भेट गर्न काठमाडौं आइपुगे मेयर साम्पाङ, अन्तरिम सरकारबारे छलफल

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आइपुगेका छन् । बदलिँदो राजनीतिक परिस्थितिका बीच मेयर साम्पाङ काठमाडौं आइपुगेका हुन् ।

बुधबार साँझ राजधानी आइपुग्नासाथ उनी सैनिक मुख्यालय पुगेका थिए, जहाँ प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता भएको छ ।

सैनिक मुख्यालयबाहिर पत्रकारहरूसँग कुरा गर्दै साम्पाङले भने, “दसौं हजार युवाहरूले तपाईं काठमाडौं आउनैपर्छ भनेर बोलाएपछि म यहाँ आएको हुँ ।”

उनका अनुसार प्रधानसेनापतिसँग मुलुकमा बन्ने तयारीमा रहेको अन्तरिम सरकारबारे छलफल भएको थियो । उनले सम्भावित नेतृत्वका रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम आएको जानकारी पनि दिए ।

पत्रकारहरूले सोधेको ‘कार्कीको नाममा तपाईंको सहमति छ?’ भन्ने प्रश्नमा साम्पाङले जवाफ दिए, “सहमति वा असहमति जनाउने म को हुँ र ? यसमा युवा पुस्ताले नै निर्णय लिने हो ।”

साम्पाङले प्रधानसेनापतिसँगको भेटका अन्य विवरण खुलाएका छैनन्, तर ‘कुराकानी अझै जारी छ’ भनेका छन् ।

सैनिक मुख्यालयबाहिर उनको समर्थनमा युवाहरूको जमघट देखिएको थियो । केहीले साम्पाङलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने माग गरे भने अर्को समूह काठमाडौंका मेयर बालेन शाहको पक्षमा नाराबाजी गरिरहेको थियो ।

राजनीतिक रूपान्तरणको बहस चुलिँदै गएका बेला हर्क साम्पाङको सक्रियता र सेनासँगको संवाद चर्चाको विषय बनेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २५, बुधबार १६:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP