मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चीनतर्फ बनेको ताल फुट्यो, रसुवामा फेरि बाढीको जोखिम

442
SHARES
चीनतर्फ बनेको ताल फुट्यो, रसुवामा फेरि बाढीको जोखिम

काठमाडौं । रसुवाको उत्तरी सीमापारि चीनतर्फ बनेको ठूलो ताल फुटेको खबर प्राप्त भएको छ । रसुवागढीबाट करिब १८ किलोमिटर माथि छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास बनेको ताल फुटेको जानकारी चिनियाँ पक्षबाट आएको हो ।

गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार चिनियाँ पक्षले केही समयअघि मात्रै ताल फुटेको सूचना पठाएको हो । उनले ताल फुटेको जानकारी पाएलगत्तै सम्बन्धित निकायलाई जानकारी गराइएको बताए ।

जिल्ला प्रशासन कार्यालय रसुवाले पनि चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको पुष्टि गरेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको जानकारी आएको बताएका छन् ।

यसअघि भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । त्यसको प्रभावबाट जनजीवन प्रभावित भइरहेका बेला चीनतर्फ फेरि ताल फुटेको खबर आएपछि भोटेकोसी तथा तटीय क्षेत्रमा थप बाढीको जोखिम बढ्न सक्ने चिन्ता बढेको छ ।

सम्बन्धित निकायले ताल फुटेपछि नदीको बहावमा हुन सक्ने परिवर्तनबारे निगरानी गरिरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १२, शुक्रबार ०६:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP