मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आठ वर्षपछि इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, बेलिंघमको दुई गोलमा नर्वे पराजित

702
SHARES
आठ वर्षपछि इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, बेलिंघमको दुई गोलमा नर्वे पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले नर्वेमाथि शानदार पुनरागमन जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

मियामी स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले पहिलोपटक क्वार्टरफाइनल पुगेको नर्वेलाई २–१ ले पराजित गर्दै आठ वर्षपछि विश्वकपको अन्तिम चारमा स्थान बनाएको हो । इंग्ल्यान्डको जितमा जुड बेलिंघमले दुवै गोल गर्दै नायक बने ।

खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा बेलिंघमले उत्कृष्ट गोल गर्दै इंग्ल्यान्डलाई १–१ को बराबरीमा फर्काए ।

निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए, जुन अन्ततः निर्णायक साबित भयो ।

त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा इंग्ल्यान्ड विजयी हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो भने ऐतिहासिक यात्रा तय गरेको नर्वेको चुनौती क्वार्टरफाइनलमै समाप्त भयो ।

अब इंग्ल्यान्डले फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

योसँगै इंग्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनलमा पुगेको छ । यसअघि इंग्ल्यान्डले सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो भने १९९० र २०१८ मा सेमिफाइनलसम्म पुगेको थियो । सन् २०२२ को संस्करणमा भने इंग्ल्यान्ड क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २८, आईतवार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP